महिन्द्राले ल्याउँदैछ नयाँ दुई मोडेलका इलेक्ट्रिक गाडी, टाटाको ह्यारीयर इभीसँग प्रतिष्पर्धा गर्ने

Oct 18, 2025 11:02 AM merolagani



भारतीय गाडी बिक्रेता कम्पनी महिन्द्राले नयाँ मोडेलका दुईवटा इलेक्ट्रिक गाडी बजारमा ल्याउने तयारी गरेको छ ।

कम्पनीले एक वर्ष भित्र नयाँ एसयूभीका रुपमा दुईवटा नयाँ मोडेलमा इभी गाडीहरु बजारमा ल्याउने भएको हो ।

कम्पनीले ग्राहकको रोजाइँ र माग पुरा गर्न बजारमा नयाँ एसयूभी ल्याउन लागेको हो । महिन्द्राले अबको एक वर्ष भित्रै दुई मोडेलका इभी र २ मोडेलका पेट्रोलियम पदार्थबाट चल्ने एसयूभी बजारमा ल्याउने तयारी गरेको हो ।

अहिले पनि बलियो ईभी लाइनअप बनाउन सुरु गरिसकेको महिन्द्राले थ्रीएक्सओ मोडलको इलेक्ट्रिक भर्सन छिट्टै बजारमा बिक्री सुरु गर्ने जनाएको छ ।

जसको प्रतिष्पर्धा टाटा नेक्सन ईभीसँग हुने कम्पनीले जनाएको छ । त्यस्तै, केही महिनाभित्र महिन्द्राले आफ्नो चर्चित मोडल एक्सयूभी ७०० को इलेक्ट्रिक भर्सन पनि बजारमा उतार्नेछ । कम्पनीले बजारमा ल्याउन लागेको एक्सयूभी ७०० को इलेक्ट्रिक भर्सन प्रिमियम फिचरले भरिपूर्ण हुनेछ । यसको प्रतिस्पर्धा पनि टाटा ह्यारीयर ईभीसँग हुने अनुमान गरिएको छ ।

महिन्द्राको निकै सफल मोडल थारको नयाँ जेनेरेशन मोडल पनि आगामी वर्ष बजारमा आउने छ । यी मोडलको सहायताले भारतमा दोस्रो स्थानमा बलियो पकड कायम गर्न सकिने कम्पनीको विश्वास छ ।