'ग्रिन सिग्नल' दिएर बन्द भयो, तिहार पछि बढ्ला त बजार ?

Oct 19, 2025 05:17 PM Merolagani



निरन्तर तीन कारोबार दिनसम्म घटेको बजार आज बढेको छ । निरन्तर घटेको बजारले बढ्न सुरुवात गर्दा तिहार पछि खुल्ने बजार सकारात्मक हुने आशा गरिएको हो ।

आइतबारको १६.६७ अंकले बढेर २५०३ विन्दुमा पुगेको छ । यस दिन दुई अर्ब ७९ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

शेयर बजार सुधारका लागि सरकार र सम्बन्धित सरोकारवालाहरुबाट नीतिगत लचकता अपनाइँदै छ । बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको छ । प्रणालीमा तरलता बढी भएको अवस्था छ । यस्तो अवस्थामा बजारमा कारोबार गर्न कठोर नीति लिएको बैंकलाई पनि करोबार गर्न सहजिकरण गरिएको छ । यसले कमजोर अवस्थामा रहेको शेयरको डिमाण्ड पक्ष बलियो हुने आंकलन गर्न थालिएको छ । बजार निरन्तर घटेर वषैकै न्युन विन्दुमा छ । यस्तो अवस्थामा सस्तोदरमा राम्रा कम्पनी खरिद गर्न सकिने लगानीकर्ताहरुको भनाई छ ।

तिहार पहिलेको अन्तिम कारोबार दिन बजारले ग्रिन सिग्नल दिएर बन्द भएको छ । ब्याजदर न्यून छ, तरलता पर्याप्त भएको अवस्थामा नीतिगत सहजता अपनाइएको छ । तिहार पछि खुल्ने बजार बढ्नेमा लगानीकर्ताहरुको विश्वास रहेको छ ।