लक्ष्मीपूजाको दिन देशभर बिजुलीको खपत १६५० मेगावाट

Oct 20, 2025 10:00 PM merolagani



आज लक्ष्मीपूजाको दिन बिजुलीको उच्च माग(पीक डिमाण्ड) देशभर १६५० मेगावाट पुगेको छ ।

 लक्ष्मीपूजाको दिन घरघरमा बत्तीहरु बालिने हुँदा यस बेला बढी विद्युत खपत हुने गर्छ । तर, यसपाली भने त्यति धेरै बिजुली खपत नभएको नेपाल विद्युत् प्राधिकरणको दाबी छ ।

प्राधिकरणका अनुसार, लक्ष्मीपूजाको दिन आज साढे ६ बजे देशभरको पिक विद्युत खपत १६५० मेगावाट भएर पनि एक हजार मेगावाट बिजुली भारत निर्यात गरिएको छ । गत वर्षको लक्ष्मीपूजाको दिनमा पनि १६०० मेगावाट बिजुलीको खपत भइ रेकर्ड बनाएको थियो ।