मंगलबार सुनको मूल्य ६.१४ प्रतिशत घटेर ४०९० डलर प्रतिआउन्समा झरेको छ। सो दिनको गिरावट सन् २०१३ अप्रिलपश्चातको सबैभन्दा ठूलो हो।
सुनको मूल्य उच्च दरले घट्नुमा यी कारणहरु बताइएका छन्ः
- सुनको मूल्य ऐतिहासिक उचाईमा थियो। सो स्तरमा लगानीकर्ताहरुले नाफा सुरक्षित गरेका हुन्।
- अमेरिका र चीन बीचको तनावमा कमी, जसका कारण सुरक्षित लगानी अर्थात सुनको मागमा कमी
- डलरको इण्डेक्स बलियो हुनु, यसले बाँकी मुलुकहरुका लागि सुन खरिद गर्न महंगो पर्नु
- अमेरिकी सरकारको शटडाउन चाँडै अन्त्य हुने संकेत
- सुनको मूल्य बबल जोनमा पुगेको विश्लेषण