अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM Merolagani



२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।

मंगलबार सुनको मूल्य ६.१४ प्रतिशत घटेर ४०९० डलर प्रतिआउन्समा झरेको छ। सो दिनको गिरावट सन् २०१३ अप्रिलपश्चातको सबैभन्दा ठूलो हो।

सुनको मूल्य उच्च दरले घट्नुमा यी कारणहरु बताइएका छन्ः

  • सुनको मूल्य ऐतिहासिक उचाईमा थियो। सो स्तरमा लगानीकर्ताहरुले नाफा सुरक्षित गरेका हुन्।
  • अमेरिका र चीन बीचको तनावमा कमी, जसका कारण सुरक्षित लगानी अर्थात सुनको मागमा कमी
  • डलरको इण्डेक्स बलियो हुनु, यसले बाँकी मुलुकहरुका लागि सुन खरिद गर्न महंगो पर्नु
  • अमेरिकी सरकारको शटडाउन चाँडै अन्त्य हुने संकेत
  • सुनको मूल्य बबल जोनमा पुगेको विश्लेषण



चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।