यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Oct 25, 2025 05:44 AM Merolagani



नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ २६ पैसा र बिक्रीदर १४० रूपैयाँ ८६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६२ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रूपैयाँ ५३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ७० पैसा र बिक्रीदर १८७ रूपैयाँ ५० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रूपैयाँ ३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ७८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ १२ पैसा र बिक्रीदर ९१ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १०० रूपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ९० पैसा र बिक्रीदर १०८ रूपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।