अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै सिटि होटल

Nov 02, 2025 12:25 PM Merolagani



सिटि होटल लिमिटेड (CITY) ले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर ०.८० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले २१ लाख ५० हजार ४१८ कित्ता शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो। सोमध्ये लकइनमा रहेको संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीहरुको तर्फबाट ६ हजार कित्ता रहेको छ भने लकइनमा नरहेको सर्वसाधारण समूहतर्फबाट १ लाख ५४ हजार ४१९ कित्ता रहेको छ।

सो शेयर खरिदका लागि कात्तिक २३ गतेदेखि ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्ने भने अधिकतममा नियामक निकायले तोकेको प्रतिव्यक्ति–संस्था सीमाको अधिमा रहने गरी माग अनुसारको कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।