कृषि विकास बैंकको लाभांश घोषणा

Nov 06, 2025 10:19 AM Merolagani



कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.२५ प्रतिशत बोनस शेयर रहेकाे छ भने ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयाेजनार्थसहित) रहेको छ।

कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।