AI र One UI 8 द्वारा संचालित, ट्याब S11 ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिने कम्पनीको विश्वास छ। यो ट्याब अहिले स्टोरमा १ लाख २९ हजार९९९ रुपैयाँ (१२GB/२५६GB) मा उपलब्ध छ।

सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब S11 मा One UI 8 भित्र नै बहुआयामिक Galaxy AI क्षमता निर्मित गरिएको छ, जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ।
Gemini Live (रियल–टाइम स्क्रिन शेयरिङ), Drawing Assist, Writing Assist, र Circle to Search जस्ता उपकरणहरूले प्रयोगकर्तालाई बिना सम्झौता काम, अध्ययन र आत्म–अभिव्यक्तिमा सशक्त बनाउँछन्।
ग्यालेक्सी Tab S11 मा ११.० इन्चको उच्च– डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ nm प्रोसेसर रहेको छ, जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल–ग्रेड भिजुअल प्रदान गर्छ। यसको अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको S Pen मा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा समेत मल्टिटास्किङका लागि आदर्श उपकरण बनेको छ।
थप प्रोडकटिभिटी सुधारहरूमा नयाँ Samsung DeX Extended Mode पनि समावेश छ, जसले ट्याब S11 र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ। साथै, यसमा बहुविध कस्टमाइज गर्न सकिने कार्यक्षेत्रहरूको समर्थन पनि छ। GoodNotes, Clip Studio Paint, LumaFusion, र Notion जस्ता लोकप्रिय क्रिएटिभ र प्रोडकटिभ एपहरूसँगको अनुकूलताले ट्याब S11 लाई सिर्जनाकर्मी, पेशेवर र विद्यार्थीहरूका लागि बहुउपयोगी बनाउँछ।