अमेरिकाकाे भिसा पाउन मधुमेह, क्यान्सरसहित ७ रोगीलाई गाह्रो

Nov 10, 2025 10:56 AM merolagani



अमेरिकाले आफ्नो भिसा नीतिमा थप कडाइ गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत शुक्रबार जारी गरेको नयाँ निर्देशनअनुसार मधुमेह, मोटोपना र क्यान्सर जस्ता दीर्घरोगीहरूलाई अब अमेरिका प्रवेश गर्न कठिन बनाउने भएको हो।

यदि कुनै व्यक्ति महँगो चिकित्सा वा सरकारी सहयोगमा भर पर्ने सम्भावना छ भने भिसा अस्वीकृत हुनेछ। हृदयरोग, श्वासप्रश्वास समस्या, क्यान्सर, मधुमेह, चयापचय रोग, स्नायु रोग र मानसिक स्वास्थ्य जस्ता ७ बिरामीले लाखौं डलर खर्च निम्त्याउन सक्छन्। मोटोपनलाई पनि दम, निद्रा समस्या र उच्च रक्तचापसँग जोडेर हेरिने छ।

 

यो ट्रम्पको पहिलो कार्यकालको कडा नीतिको पुनरावलोकन हो। सन् २०१९ मा आप्रवासीहरूलाई मेडिकेड जस्ता लाभ त्याग्न बाध्य पारिएको थियो।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।