अमेरिकाकाे भिसा पाउन मधुमेह, क्यान्सरसहित ७ रोगीलाई गाह्रो

Nov 10, 2025 10:56 AM merolagani



अमेरिकाले आफ्नो भिसा नीतिमा थप कडाइ गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत शुक्रबार जारी गरेको नयाँ निर्देशनअनुसार मधुमेह, मोटोपना र क्यान्सर जस्ता दीर्घरोगीहरूलाई अब अमेरिका प्रवेश गर्न कठिन बनाउने भएको हो।

यदि कुनै व्यक्ति महँगो चिकित्सा वा सरकारी सहयोगमा भर पर्ने सम्भावना छ भने भिसा अस्वीकृत हुनेछ। हृदयरोग, श्वासप्रश्वास समस्या, क्यान्सर, मधुमेह, चयापचय रोग, स्नायु रोग र मानसिक स्वास्थ्य जस्ता ७ बिरामीले लाखौं डलर खर्च निम्त्याउन सक्छन्। मोटोपनलाई पनि दम, निद्रा समस्या र उच्च रक्तचापसँग जोडेर हेरिने छ।

 

यो ट्रम्पको पहिलो कार्यकालको कडा नीतिको पुनरावलोकन हो। सन् २०१९ मा आप्रवासीहरूलाई मेडिकेड जस्ता लाभ त्याग्न बाध्य पारिएको थियो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।