साहस उर्जाको लाभांश घोषणा, बोनस वितरणपश्चात कायम चुक्ता पूँजीकाे शतप्रतिशत हकप्रद जारी गर्ने

Nov 11, 2025 10:36 AM Merolagani



साहस उर्जा कम्पनी लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै कम्पनीले सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १.१०५३ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।

कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

त्यसैगरी, गत वर्षको साधारण सभाले पारित गरेको १ बराबर १ हकप्रद शेयर जारी गर्ने निणर्य संशोधन गरी हाल घोषणा भएको बोनस पछि कायम हुने चुक्ता पूँजीको शतप्रशत हकप्रद जारी गर्ने निर्णय पनि साे बैठकले गरेकाे छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।