बोस्च पावर टुल्सद्वारा दराज ११:११ अफर सार्वजनिक, १५ प्रतिशतसम्म छुट

Nov 11, 2025 02:39 PM merolagani



बोस्च पावर टुल्स दराज नेपालको ११.११ अभियानमा सहभागी हुने भएको छ ।

टुल्सको नेपालमा आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत दराज नेपालको ११.११ अभियानमा उक्त कम्पनी सहभागी हुने भएको हो । यस अभियानमार्फत पेशेवर तथा गृह निर्माण र डीआइवाई(आफ्नै हातले निर्माण गर्ने) रुचाउने ग्राहकहरूलाई उच्च गुणस्तर र उच्च प्रदर्शन गर्ने पावर टुल्समा १५ प्रतिशतसम्मको छुट पाउने मौका उपलब्ध हुनेछ ।

नेपालको प्रमुख ई–कमर्स प्लेटफर्म दराजमा उपलब्ध यस अभियानले निर्माण, अटोमोबाइल, र घर सुधारका लागि बोस्च पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गर्दैछ । साथै, फास्टेस्ट फिङ्गर फर्स्ट अफरमा रु २२,९०० मूल्यको प्रेसर वाशर केवल ११ मा पाउने अद्भुत अवसर पनि उपलब्ध हुने जनाइएको छ।

-GWS 600 – सानो र किफायती एङ्गल ग्राइन्डर, सटीक र साँघुरो ठाउँका कामका लागि ।

-बोस्च GHG 16-50 हिट गन – सटीक तापक्रम नियन्त्रणका लागि विश्वासयोग्य र कुशल उपकरण ।
- बोस्च GSB 450 इम्प्याक्ट ड्रिल – माथिल्लो स्थान र सीमित ठाउँमा काम गर्न सक्षम, सानो तर शक्तिशाली ड्रिल ।

-बोस्च GBH 2-23 REA रोटरी ह्यामर – धुलो कम हुने र दक्ष ड्रिलिङका लागि क्म्क्(प्लस रोटरी ह्यामर ।

- बोस्च GSB 13 RE ड्रिल किट सेट – बहुप्रयोगीय इम्प्याक्ट ड्रिल किट, विभिन्न उपकरणहरूसहित ।
-बोस्च GLM 40 लेजर रेंजफाइन्डर – छिटो र सटीक नापका लागि कम्प्याक्ट मापन उपकरण ।

यस ११:११ अभियानमार्फत बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूलो निर्माण कम्पनीहरूदेखि व्यक्तिगत कारीगरहरूसम्म, ग्राहकहरूलाई उत्पादन र प्रदर्शन सुधार्न आवश्यक उपकरण उपलब्ध गराउँछ ।




नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित, विमानस्थलमा जहाजहरू 'स्ट्यान्डबाइ'

Mar 03, 2026 01:21 PM

मध्यपूर्वमा चर्किएको युद्ध र तनावका कारण नेपालबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। युद्धग्रस्त क्षेत्रका देशहरूले आफ्नो हवाई मार्ग (एयर स्पेस) बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय जहाज उड्न सकेका छैनन्।