बोस्च पावर टुल्सद्वारा दराज ११:११ अफर सार्वजनिक, १५ प्रतिशतसम्म छुट

Nov 11, 2025 02:39 PM merolagani



बोस्च पावर टुल्स दराज नेपालको ११.११ अभियानमा सहभागी हुने भएको छ ।

टुल्सको नेपालमा आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत दराज नेपालको ११.११ अभियानमा उक्त कम्पनी सहभागी हुने भएको हो । यस अभियानमार्फत पेशेवर तथा गृह निर्माण र डीआइवाई(आफ्नै हातले निर्माण गर्ने) रुचाउने ग्राहकहरूलाई उच्च गुणस्तर र उच्च प्रदर्शन गर्ने पावर टुल्समा १५ प्रतिशतसम्मको छुट पाउने मौका उपलब्ध हुनेछ ।

नेपालको प्रमुख ई–कमर्स प्लेटफर्म दराजमा उपलब्ध यस अभियानले निर्माण, अटोमोबाइल, र घर सुधारका लागि बोस्च पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गर्दैछ । साथै, फास्टेस्ट फिङ्गर फर्स्ट अफरमा रु २२,९०० मूल्यको प्रेसर वाशर केवल ११ मा पाउने अद्भुत अवसर पनि उपलब्ध हुने जनाइएको छ।

-GWS 600 – सानो र किफायती एङ्गल ग्राइन्डर, सटीक र साँघुरो ठाउँका कामका लागि ।

-बोस्च GHG 16-50 हिट गन – सटीक तापक्रम नियन्त्रणका लागि विश्वासयोग्य र कुशल उपकरण ।
- बोस्च GSB 450 इम्प्याक्ट ड्रिल – माथिल्लो स्थान र सीमित ठाउँमा काम गर्न सक्षम, सानो तर शक्तिशाली ड्रिल ।

-बोस्च GBH 2-23 REA रोटरी ह्यामर – धुलो कम हुने र दक्ष ड्रिलिङका लागि क्म्क्(प्लस रोटरी ह्यामर ।

- बोस्च GSB 13 RE ड्रिल किट सेट – बहुप्रयोगीय इम्प्याक्ट ड्रिल किट, विभिन्न उपकरणहरूसहित ।
-बोस्च GLM 40 लेजर रेंजफाइन्डर – छिटो र सटीक नापका लागि कम्प्याक्ट मापन उपकरण ।

यस ११:११ अभियानमार्फत बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूलो निर्माण कम्पनीहरूदेखि व्यक्तिगत कारीगरहरूसम्म, ग्राहकहरूलाई उत्पादन र प्रदर्शन सुधार्न आवश्यक उपकरण उपलब्ध गराउँछ ।