यमाहाको नयाँ भेरियन्टमा सार्वजनिक भयो XSR155 मोटरसाइकल, कति पर्ला मूल्य ?

Nov 12, 2025 05:06 PM merolagani



यमाहा मोटर इन्डियाले हालै नयाँ भेरियन्टका मोटरसाइकल लन्च गरेको छ । 

कम्पनीले हालै भारतको मुम्बइमा आयोजित एक कार्यक्रममा  यमाहा एक्सएसआर १५५ एसयूभीको लन्च गरेको हो ।

लन्च भएको यमाहा एक्सएसआर १५५ नामको मोटसाइकलको एक लाख ५० हजार भारतीय रुपैयाँ कायम गरिएको छ । जुन यमाहा एफजेड रेभभन्दा मूल्य केही महंगो पर्न गएको छ । यमाहा एफजेड रेभको हाल भारतीय शोरुमहरुमा मूल्य एक लाख १७ हजार भारतीय रुपैयाँमा उपलव्ध छ ।

 

यमाहा एफजेड रेभले एफजेड–एक्स मोडेलहरुसँग इन्जिन र धेरै कम्पोनेन्टहरु उस्तै छन् । लन्च भएको उक्त मोटरसाइकलको डिजाइन स्टायलिस्ट छ । १५५ सीसी क्षमताको उक्त मोटरसाइकल १८.४ पीएसको अधिकतम पावर र १४.२ एनएमको अधिकतम टर्क प्रदान गर्ने जनाइएको छ । त्यस्तै, मुम्बइमै यमाहा एरोक्स इलेक्ट्रिक स्कुटरको पनि लन्च गरिएको थियो ।

 




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।