यातायात विभागको डेटा सेन्टरमा समस्या दोहोरियो, बन्द भयो नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया

Nov 14, 2025 11:38 AM merolagani



यातायात व्यवस्था विभागको डेटा सेन्टर प्रणालीमा पुनः समस्या देखिएको छ । जेनजी आन्दोलनका क्रमा आगजनीका कारण डेटा सेन्टरमा समस्या आएपछि सेवा बन्द भएको थियो ।

विभागले गएको १६ कात्तिकबाट आंशिक रुपमा सेवा सुचारु गरे पनि डेटा सेन्टरमा पुनः समस्या सिर्जना भएपछि नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया पुनः बन्द भएको हो ।

विभागले एक सूचना जारी गर्दै डेटा सेन्टरमा पुनः समस्या देखिएकाले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।