यातायात विभागको डेटा सेन्टरमा समस्या दोहोरियो, बन्द भयो नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया

Nov 14, 2025 11:38 AM merolagani



यातायात व्यवस्था विभागको डेटा सेन्टर प्रणालीमा पुनः समस्या देखिएको छ । जेनजी आन्दोलनका क्रमा आगजनीका कारण डेटा सेन्टरमा समस्या आएपछि सेवा बन्द भएको थियो ।

विभागले गएको १६ कात्तिकबाट आंशिक रुपमा सेवा सुचारु गरे पनि डेटा सेन्टरमा पुनः समस्या सिर्जना भएपछि नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया पुनः बन्द भएको हो ।

विभागले एक सूचना जारी गर्दै डेटा सेन्टरमा पुनः समस्या देखिएकाले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।