हङकङले हटायाे ट्रान्जिट भिसाको प्रावधान, अब नेपाली राहदानी बाहक यात्रुलाई हङकङ भएर यात्रा गर्न सहज हुने

Nov 14, 2025 12:52 PM merolagani



हङकङ सरकारले १५ नोभेम्बर अर्थात भाेलि देखि नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्य नियम हटाएको छ। यसले नेपाली यात्रुको हङकङ विमानस्थलबाट यात्रा सहज हुने भएकाे छ ।

नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो ।

ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।