नासा सेक्युरिटिजसँग जाेडिएर आएका समाचार भ्रामक भएकाे कम्पनीकाे दावी

Nov 14, 2025 06:26 PM merolagani



नासा सेक्युरिटिज कम्पनी लिमिटेडसँग जाेडिएर आएका समाचार भ्रामक भएकाे कम्पनीले दावी गरेकाे छ । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्ताे दावी गरेकाे हाे ।

'यस नासा सेक्युरिटिज कम्पनी लिमिटेड र यस संस्थामार्फत कारोबार गर्ने विभिन्न ग्राहकहरुको नाम जोडेर केही अनलाईन संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्ताहरुले उल्लेख गरेको जस्तो कुनै पनि कार्य हाम्रो कम्पनीमा नभएको जानकारी गराउदछौ,' बिज्ञप्तिमा भनिएकाे छ, ' हाम्रो कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल धितोपत्र बोर्डले हालसालै छापा मारेको र बयानका लागि बोलाएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौ । यस्ता समाचार र सामाजिक संजालका पोष्टहरुको भ्रममा नपर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं । हामीले नियमनकारी निकायहरुको नीति र निर्देशनमा रहेर आफ्ना ग्राहकहरुलाई अत्याधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएका छौं र हाम्रा गतिविधिहरु पुर्ण रुपमा कानुनी दायरामा छन । हामी प्रति कोही कसैको गुनासो तथा जिज्ञासा भए कार्यालय प्रमुख मदन पौड्यालको फोन नम्बर ९८५१०२५४११ , ०१५९७००८४ वा ईमेल gunaso@naasasecurities.com.np मा सम्पर्क गर्नुहुन आग्रह गर्दछौं ।'




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।