होन्डाले ल्याउँदैछ ४ नयाँ हाइब्रीड एसयूभी, कुन गाडी कस्ता छन् ?

Nov 23, 2025 01:49 PM merolagani



होन्डाले हालै भारतीय बजारमा आफ्नो विस्तार योजना घोषणा गरेको छ । जसमा सन् २०३० भित्र १० वटा नयाँ प्रडक्टहरु लन्च गर्ने घोषणा गरेको छ । 

सोहीअनुसार,कम्पनीले हालै होन्डाका ४ वटा नयाँ हाइब्रीड एसयूभी लन्च गर्ने योजना बनाएको छ ।कम्पनीका अनुसार, होन्डा एलिभेट हाइब्रीड, होन्डा प्रिल्यूड कपल एसयूभी, होन्डा जेआर–भी हाइब्रीड, होन्डा ७ सिटर एसयूभी केही महिनामा लन्च गर्ने तयारी छ ।

होन्डा एलिभेट हाइब्रीड

यो एसयूभी कम्पनी ब्रान्डको पहिलो बलियो हाइब्रीड हुनेछ । यो मोडेलको एसयूभी आगामी सन् २०२६ को दोस्रो सातासम्म लन्च भइ विभिन्न शोरुमहरुमा आउने अपेक्षा गरिएको छ । अहिलेसम्म यो एसयूभीको पावरट्रेन विवरणहरु उपलव्ध गराइएको छैन् । यद्यपि,यसले दुई विद्युतीय मोटरसँग जोडिएर १.५ लिटर सिलिन्डर पेट्रोल इन्जिन रहनेछ ।

होन्डा प्रिल्यूड कपल एसयूभी

यो पनि होन्डाको हाइब्रीड एसयूभी हो । जसमा १४१ बीएचपी, २.० लिटर पेट्रोल इन्जिन, इलेक्ट्रिक मोटरसहित फ्रन्ट ह्रवील ड्राइभ प्रणालीमा आधारित हुनेछ । यसमा संयुक्त पावर आउटपुट २०० बिएचपी रहेको छ । सन २०२६ फेब्रअरीसम्म लन्च गर्ने तयारी रहेको कम्पनीको दाबी छ । लन्च हुँदा यसको मूल्य ८० लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

होन्डा जेआर–भी हाइब्रीड

यो एसयूभी लिथियन आयन ब्याट्री र दुई विद्युत्तीय मोटसँग जोडिएर आउनेछ । जसमा २.० लिटर पेट्रोल इन्जिनको साथमा उपलव्ध हुनेछ । यो सेटअपले १८० बीएचपी अधिकतम पावर र ३१५ एनएम टर्क उत्पादन गर्नेछ । यो तीनवटा ड्राइभ मोडहरु–इभी, हाइब्रीड र इन्जिनका साथ आउनेछ ।

होन्डा ७ सिटर एसयूभी

निर्माता कम्पनीका अनुसार होन्डा–७ सीटर एसयूभी सन् २०२७ को अन्त्यमा लन्च गर्ने तयारी गरेको छ । यो एसयूभी जापान र थाइल्यान्डमा होन्डाको आर एण्ड डी (R&D) केन्द्रद्धारा डिजाइन र विकास गरिनेछ । यो होन्डाको नयाँ PF2 प्लेटफर्ममा आधारित पहिलो मोडेल हुनेछ ।