अघिल्लो कारोबार दिन अर्थात सोमबार ५०.४४ अंक बढेर २६५०.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६१ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ६८ स्टकको २१३ पटकको कारोबारमा २८ लाख ७१ हजार ७४७ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ८७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।