कम्पनीका प्रतिनिधि अनुसार, “CG Meridia Signature Series नेपालमा AI Television प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो र सधैँ उच्च गुणस्तरीय, प्रिमियम र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यमा केन्द्रित छ। हाम्रो नयाँ AI 4K Google TV श्रृंखला नेपाली उपभोक्तालाई विश्वस्तरीय प्राविधिक अनुभव घरेलु मूल्यमा उपलब्ध गराउने र विशेषगरी NPL लाई ध्यानमा राखेर सार्वजनिक गरिएको हो । जहाँ उपभोक्ताले आफ्नै घरमै बसेर खेलकुदको स्टेडियम–जस्तो अनुभव र चलचित्र हेर्दा हलको जस्तो थिएटर अनुभव मज्जाले आफ्नै लिभिङ रुममा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ ल्याइएको हो। यसले केवल मनोरञ्जन अनुभव सुधार्ने मात्र होइन, घरभित्रको डिजिटल इन्टरएक्शनलाई पनि स्मार्ट, सरल र व्यक्तिगत बनाउनेछ।”

मुख्य AI विशेषताहरू
- AI Skin Detection: मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
- AI Motion Clarity: द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा Motion Blur र Ghosting घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।
- MEMC (More Frames, More Clear): थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
- AI Dialogue Clarity Enhancer: AI अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
- Find My Remote Control: रिमोट हराएमा टिभीको ‘Remote Locator Button’ थिच्दा रिमोटबाट तुरुन्तै बीप/अलार्म ध्वनि आउँछ।
- अन्य AI क्षमताहरू: AI 4K Upscaling ले कम रिजोल्युसन कन्टेन्टलाई 4K नजिक ल्याउँछ। AI Learning Capability ले प्रयोगकर्ताको हेर्ने बानी अनुसार Personalized अनुभव प्रदान गर्छ। स्वचालित Picture–Audio Calibration ले Brightness, Contrast, Sharpness र Sound Level आफैं समायोजन गर्छ।
प्राविधिक विवरण (Technical Overview)
- प्रोसेसर/स्मृति: Quad Core A55 CPU, Mali-G52 GPU, 2GB RAM, 16GB Storage
- दृश्य गुणस्तर: 4K Ultra HD, HDR10/HLG, Dynamic Contrast, 105% BT.709 Wide Color Spectrum, MEMC
- ध्वनि: Dolby Digital Plus, 20W/24W Stereo Speakers, Surround Sound
- स्मार्ट सुविधाहरू: Google TV, Chromecast Built-In, Google Assistant, Kids Mode, Gaming Mode, Remote Locator System
- कनेक्टिभिटी: Dual Band Wi-Fi, Bluetooth 5.1, HDMI ARC + 3 HDMI Ports, 2 USB Ports, Optical Out, Earphone Jack
- डिजाइन: Frameless Premium Design, Smooth Motion Technology