
अहिलेसम्म खेलेका ३ वटै खेलमा अपराजित रहेका सुदूर पश्चिम रोयल्स र विराटनगर किंग्स रन रेटको आधारमा पहिलो र दोस्रो स्थानमा छन् भने चितवन राइनोज, लुम्बिनी लायन्स, कर्णाली याक्स क्रमशः चौथो पाँचौ र छैठौं स्थानमा छन् । जनकपुर बोल्टस र पोखरा एभेजन्र्स भने अहिलेसम्म खेलेका दुवै खेलमा पराजित हुँदै सातौं र आठौं स्थानमा छन् ।
आज भएको खेलमा काठमान्डु गोर्खाजले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो ।
लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए ।