Wed, Nov 26, 2025
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंककाअनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिच्ने भएको हो । उक्त निक्षेप पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले जनाएको छ ।
घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।