वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण शुल्क बढ्यो

Nov 26, 2025 03:06 PM Merolagani



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । मन्त्रालयले बुधबार मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो ।

मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको छ ।

पूर्वश्रममन्त्री शरदसिंह भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। अहिले फेरि मन्त्री नभएको बेलामा परिपत्र भएको हो।

 

यसअघि ३ हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो। तर मलेसियाको हकमा भने मेडिकल व्यावसायीले ९ हजार ८ सय रुपैयाँ लिने गरेका थिए ।