रन्जित चम्किदा चितवनको दोस्रो जित, बिराटनगरको पहिलो हार

Nov 26, 2025 08:44 PM mero lagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।

चितवन राइनोजका रन्जित कुमारले पाँच विकेट लिएपछि विराटनगर किंग्सको अपराजित यात्रामा विश्राम लागेको छ । सुरुवातको लगातार तीन खेल जित्दै सानदार सुरुवात गरेको विराटनगरको पहिलो हारपछि ४ खेलबाट ६ अंक छ । चितवनले दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको छ ।

आजको खेलमा चितवनका रन्जितले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । उनी यस सिजन एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बने ।
चितवनका कमल सिंह ऐरीले २ तथा सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले समान एकरएक विकेट लिए ।

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६।५ ओभरमा १२६ रन बनाएर अलआउट भयो ।

विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३०, हिजलेटले २२ रन बनाए । विराटनगरका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

C6

चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । यस्तै सैफ जैबले ३२, देव खनालले २८ र कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र

विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुईरदुई तथा शुभम रन्जानले एक विकेट लिएका थिए ।