साविक विजेता जनकपुर लगातार ३ खेलमा पराजित, पोखराको पहिलो जित

Nov 27, 2025 08:07 PM mero lagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को गत वर्षको पहिलो सिजनको उपाधि जितेको जनकपुर बोल्ट्स यो वर्ष लगातार ३ खेलमा पराजित भएको छ । विहिबार भएको खेलमा जनकपुर वोल्ट्सलाई २५ रनले हराउंदै पोखरा एभेन्जर्सले यो सिजनको पहिलो जित हात परेको छ । 

यो जीतसंगै २ अंक जोडेर पोखरा अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने जनकपुर जितविहन हुंदै अन्तिम स्थानमा रहेको छ ।

बिहीबारको दोस्रो र सिजनको १४ औं खेलमा टस जितेर पोखराले पहिला ब्याटिङ गर्दै जनकपुरलाई १६५ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको जनकपुर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो ।

पोखराको लागि सुमीत बर्माले जनकपुरविरुद्ध अविजीत २९ बलमा ५० रन जोडे । त्यस्तै दिनेश खरेलले ३८, एडम रोसिंगटनले २४, तिर्थराज दाशले २९ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरका वेन पर्नेले ३८ बलमा ५० रन जोडे । त्यस्तै सञ्जय कृष्णमूर्तिले २५, माज सदाकत १४ र ललित राजवंशीले १० रन जोडे । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा पोखराका विपीन खत्री चम्किएपछि जनकपुरका ब्याटरहरु एकपछि अर्काे गर्दै पभेलियन फर्कन वाध्य भए । चार ओभर बलिङ गर्दा मात्र १५ रन दिएर आशिफ शेख, अनिश शाह, शुभ कंशाकरलाई आउट गरे । कुशल भुर्तेल र जेम्स निशमले समान १–१ विकेट लिए ।