हङकङको आवासीय क्षेत्रमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या ९४ पुग्याे, ३०० जना बेपत्ता

Nov 28, 2025 11:33 AM merolagani



हङकङको ताई पो क्षेत्रमा बुधवार दिउँसो भएको ठूलो आगलागीमा परेर अहिलेसम्म ९४ जनाको मृत्यु भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले उल्लेख छ । ३०० जना भन्दा बढी बेपत्ता भएकाे छन् ।

 

स्थानीय समयअनुसार बुधबार दिउँसो २ः५१ बजेतिर सरकारको अग्नि सेवा विभागलाई दुर्घटनाको बारेमा सूचित गरिएको थियो । भीषण आगलागीका कारण विभागले स्थानीय समयअनुसार साँझ ६ः२२ बजे नम्बर ५ को अलार्म फायरको सूचना जारी गरिएकाे थियाे ।