सरकारको बजेट बचाएर अर्थमन्त्री–सचिवले आफ्नो कम्पनीमा लगानी गरे भन्नु गलत होः अर्थमन्त्री खनाल

Dec 03, 2025 02:36 PM Merolagani



अर्थमन्त्री रामेश्वर खनालले वर्तमान व्यवस्थामा कुनैपनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्नै नसक्ने बताएका छन् । बुधवार आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारी बजेट बचाएर अर्थमन्त्री, सचिवहरुले आफ्नो निजी कम्पनीमा लगानी गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।

उनले एउटा जिम्मेवार निकायमा बसेको करदाताको जिम्मा लिएको व्यक्तिले त्यस्तो हिम्मत नगर्ने समेत बताए ।

अर्थमन्त्री खनालले भने–‘नेपाल सरकारको १२० अर्बलाई बचाएर तिम्रो आफ्नो कम्पनी, अर्थसचिवको कम्पनीमा लगानी गर्नुभयो भनेर भनियो त्यो सम्भव छैन। वर्तमान व्यवस्थामा कानून बमोजिम सरकारको कुनैपनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्न सक्दैन । यस्ता गलत समाचारहरुमा माननियहरुले विश्वास गर्नुभएछ र समितिमा उठाइदिनु भयो । स्पष्ट गर्न पाइयो । त्यस्तो खालको कुनै गतिविधि भएको छैन । त्यो भयो भने उत्तारदायित्व परिक्षण गर्ने निकायहरु अख्तियारहरुले हेर्छन् नै । एउटा जिम्मेवार निकायमा बसेको करदाताको जिम्मा लिएको आम रुपमा उत्तरदायि हुने व्यक्तिले त्यस्तो हिम्मत गर्दै गदैन ।’

उनले पछिल्लो समय गलत सूचनाहरुको बाढी नै आएकाले त्यस्तोमा सांसद्हरुलाई विश्वास नगर्न आग्रह गरे ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।