अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँकाे नाेट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने

Dec 04, 2025 03:14 PM MeroLagani



भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपालमा १ सय भारु भन्दा माथिका नोटहरु चलाउन दिने भएको छ । आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

भारतमा सन् २०१६ मा नोटबन्दी हुँदा २ हजार दरका नोट छापिएका थिए । सन् २०२३ देखि सो नोट समेत छापिन छोडेको छ । अहिले १ सय दर माथि ५ सय र १ हजार दरका भारतीय नोट चलनचल्तीमा छ । सूचनामा नेपाल आउँदा २५ हजार रुपैयाँसम्म भारतीय रुपैयाँ लिएर आउन पाउने छ।

खुला सीमाना तथा २५ हजार रुपैयाँसम्मको सीमाका कारण नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले १ सय भन्दा माथिको नोट नेपालमा प्रतिबन्धित हुँदा असहज महसुस गर्थे। अब भारत भएर नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको साथै भारतीय पर्यटकलाई पनि नेपालको यात्रा सहज हुनेछ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।