सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Dec 05, 2025 10:58 AM Merolagani



मंसिर १९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीबार, यस्तो सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तीन हजार  ५ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।