सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Dec 05, 2025 10:58 AM Merolagani



मंसिर १९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीबार, यस्तो सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तीन हजार  ५ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।