चीनमा ६.० म्याग्निच्युडको भूकम्प

Dec 05, 2025 11:27 AM Merolagani



चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा बिहीवार ६.० म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रबिन्दु ४१.१३ डिग्री उत्तरी अक्षांश र ७८.४० डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो। भूकम्प १० किलोमिटरको गहिराइमा गएको जनाएको छ । भूकम्पबाट ठूलो क्षति नभएको बताइएको छ ।