कम्पनीले बढ्दो विद्युतीय सवारीको मागलाई मध्यनजग गर्दै द्रुत गतिमा अन्य मध्यम आकार एसयूभीको विकास गर्दै जाने लक्ष्य राखेको छ । ई–भितारा एसयूभी लन्च समारोहमा मारुती सुजुकी इन्डियाका एमडी हिसाशी ताकेउचीले आगामी वर्षहरुमा धेरै नयाँ इभीहरु प्रस्तुत गर्ने बताए । उनका अनुसार, यो उत्पादन रणनीति सुजुकी मोटर कर्पोरेसनको दृष्टिकोणसँग समेत मेल खानेछ ।

मारुती सुजुकी इभी योजना जापानी अटोमेकरले चार्जिङ स्टेशन स्थापना देखि व्यापक रुपमा ग्राहक समर्थन गर्नेसम्मको पूर्ण इकोसिस्टम विकास गरेको छ । कम्पनीले विभिन्न ११०० वटा सहरमा २ हजार भन्दा बढी चार्जिङ स्टेशन समेत स्थापना गरिसकेको छ । जापानी कार निर्माता कम्पनीले चार्जिङ स्टेशन निर्माणमा मात्र २५० करोड रुपैयाँ लगानी गरिसकेको छ ।
यस्ता छन् सुजुकी मारुती ई–भिताराका विशेषता
मारुती ई–भितारा एसयूभीमा दुईवटा ब्याट्री विकल्पहरु रहेका छन् । जसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरका दुई ब्याट्री विकल्प छन् । इलेक्ट्रिक प्रविधिमा आएको यो एसयूभी एक पटक चार्ज गरेपछि ५०० किलोमिटर भन्दा बढीको दायरा प्रदान गर्ने दाबी गरिएको छ।
यो अहिलेसम्मकै सुविधासम्पन्न मारुती सुजुकी कारहरुमध्ये एक हुने कम्पनीको विश्वास छ । यसमा वायरलेस स्मार्टफोन कनेक्टिभिटीका साथ १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली समावेश रहेका छन् ।
भारतका शोरुमहरुमा मारुती सुजुकी ई–भितारा एसयूभीको सुरुवाती मूल्य २१ लाख देखि २५ लाख भारतीय रुपैयाँसम्म पर्ने अनुमान छ ।