जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, प्लेअफ खेल्ने चारै टोलीको टुंगो

Dec 05, 2025 08:10 PM mero lagani



सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा चौथो टोलीको रुपमा लुम्बिनी लायन्स प्लेअफमा पुगेको छ ।

लुम्बिनीले शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा पुगेको हो । लुम्बिनीको जितपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् । सुदूरपश्चिम गत वर्षको उप विजेता टोली हो ।

 

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ । यस्तै लुम्बिनीले पनि एलिमिनेटर खेल्नेछ । शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।

सुक्रबारको खेलमा जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४, डार्शी सर्टले ३०, जेजे स्मिथले २१ र निरोशन डिकवलेलाले १७ र दिलीप नाथले अविजित १५ रन बनाए । बलिङमा जनकपुरका लागि संगीथ कुरेले ३, मयन यादवले २ तथा सञ्जय कृष्णमुर्तीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

जनकपुरका लागि संगीथ कुरले सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २७ रन, ओपनर आसिफ शेखले २०, सञ्जय कृष्णमुर्तीले १४, शुभ कंसाकारले ११, अनिल शाहले ७ र माज सदाकतले ६ रन बनाए ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।