पोखराको जितमा एडम वासिंटनले ४८ बलमा सर्वाधिक ६५ रन बनाए । त्यस्तै अर्जुन कुमालले अविजित ४३ रन, जेशन रोयले अविजित ६ रन र कप्तान कुशल भुर्तेलले ४ रन बनाए ।
बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । त्यस्तै अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रन तथा कमलसिंह ऐरी २ अविजित रन बनाए ।
बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।
यसअघि शनिबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सको विजयी यात्रालाई विराम लगाउंदै विराटनगर किङ्ग्सले ६ विकेटले जित हात पारेको थियो ।
यसअघि खेलेका सबै ६ खेल जितेको सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा पराजय भोगेको हो ।
सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले केबल ११ ओभर ६ बलमा पूरा ग¥यो । खेलमा सुदूरपश्चिमका ओपनरद्वय फाफ डु प्लेसी र साम हेज्लेटले अर्धशतक बनाएका थिए । हेज्लेटले २७ बलमा ५१ रन र डु प्लेसीले २० बलमा ५० रन बनाएका थिए । त्यस्तै मार्टिन गप्टिलले २२ रन बनाएका थिए । सुदूरपश्चिमका अभिनाश बोहराले २ र हरमित सिंहले एक विकेट लिएका थिए ।
७ मध्ये ६ खेल जित्दै सुदूरपश्चिमले १२ अङ्कका साथ लिग चरणमा पहिलो स्थानमा छ भने विराटनगरले भने ७ मध्ये ५ खेलमा जित हासिल गर्दै १० अंकका साथ दोस्रो स्थानमा छ ।