यो एसयूभीले पहिलो पटक आफ्नो उत्पादनको विश्व परिचय गराएको छ । ब्राजिलमा रहेको निसानको आफ्नै प्लान्टमा उत्पादन भएको उक्त एसयूभी आगामी सन् २०२६ देखि २० भन्दा बढी देशमा निर्यात गरिने कम्पनीले जनाएको छ ।
नयाँ निसान Kait ले ल्याटिन अमेरिका र अन्य बजारहरुमा फक्सवागन टेरा, फियट पल्स, हुन्डाइ क्रेटा र रेनो कार्डियनविरुद्ध प्रतिष्पर्धा गर्नेछ । यो एसयूभी भारतीय बजारमा कहिले लन्च हुन्छ, आधिकारीक रुपमा पुष्टि हुन सकेको छैन् ।

निसान इन्डियाले तेस्रो पुस्ताका लागि रेनो डस्टरमा आधारित सी–सेग्मेन्ट एसयूभीको योजना बनाइरहेको छ । जुन, आगामी २०२६ जुनमा लन्च हुने तयारीमा छ । नयाँ डस्टरले यसको प्लेटफर्म, सुविधाहरु र पावरट्रेनहरुमा आगामी दिनमा सार्वजनिक गर्नेछ । रेनो डस्टरको पनि समग्र स्टाइल र डिजाइन हालै अनावरण गरिएको निसान Kait बाट नै प्रेरित हुने कम्पनीको दाबी छ ।
निसान Kait कति ठूलो ?
निसान Kait को लम्बाइ ४.३० मिटर, चौडाइ १.७६ मिटर र यसको ह्विलबेश २.२६ मिटर रहेको छ । यो कम्प्याक्ट एसयूभीले ४३२ लिटरको बुट स्पेश प्रदान गर्नेछ । कम्पनीले दाबी गरेको यो एसयूभीको उत्कृष्टता नै गाडीको आन्तरिक ठाउँ र उपकरण राम्रो स्तरको रहेको छ ।
निसानले पहिलो पटक सन् २०१६ मा पहिलो पटक डेब्यू गरेको किक्स प्लेको मूल प्लेटफर्मलाई कायम राख्दै यसको डिजाइन अपग्रेड गरेको दाबी गरेको छ ।
यस्ता छन सुविधा र विशेषता
यो कम्प्याक्ट एसयूभी वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेसहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली समावेश छ । त्यस्तै, ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जर, स्वचालित र डिजिटल एसी, गति र दूरीसहितको अनुकुल क्रुज नियन्त्रण, ३६० डिग्रीको क्यामेरालगायतका सुविधा उपलव्ध छन् ।