कर्णालीसंगको पराजयसंगै गत वर्षको उपाधी विजेता जनकपुर यो वर्ष भने आठ टिम मध्ये सबैभन्दा पुछारमा रहन बाध्य भयो । जनकपुरले यो वर्ष लिग चरणका ७ मध्ये एउटा मात्र जितेर २ अंकसाथ आठौंमा रहेको हो ।
कर्णाली भने २ जित र ५ हारसहित छैटौँ स्थानमा रह्यो
आइतबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो ।
कर्णालीले दिएको १३० रनको लक्ष्य पनि जनकपुरले पछ्याउन सकेन । जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए पनि जित दिलाउन सकेनन् । त्यस्तै संगित कोरेले २५ रन बनाउँदा माज शदागदले १२ रन जोडे । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ बनाएको थियो । कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाएको थियो ।