नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात आइतबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तोलाको तीन हजार ५८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
