५ प्रतिशतविन्दुभन्दा तल झर्यो वाणिज्य बैंकहरुको अधिकतम औषत ब्याजदर

Dec 15, 2025 09:31 AM Merolagani



व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औषत ५ प्रतिशतभन्दा तल झरेको छ। २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औषत ब्याजदर ५ प्रतिशतविन्दुभन्दा तल झरेको हो।

आज सर्वाजनिक बैंकहरुको सूचना अनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेमा वाणिज्य बैंकहरुको अधिकतम औषत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ। यस्तो निक्षेपमा मंसिर महिनाको अधिकतम औषत ब्याजदर ५.०४०५ प्रतिशतविन्दु थियो। समीक्षा अवधिमा बैंकहरुको औषत ब्याजदर ०.२०६५ प्रतिशतविन्दु घटेको हो।

१३ बैंकले घटाए ब्याजदर

मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। जसमध्ये प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका हुन्। त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले समान ०.४ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर ०.३८ प्रतिशतविन्दु घटेको छ।
यस्तो निक्षेपमा ७ वािणज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिर महिनाकै दरलाई निरन्तरता दिएका हुन्।

यी बैंकबाट पाइन्छ सबैभन्दा बढी ब्याज

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकबाट सबैभन्दा बढी ब्याज पाइनेछ। यी दुबै बैंकले अधिकतममा ५.५ प्रतिशतसम्म ब्याज दिनेछन्। सबैभन्दा कम ब्याज भने प्राइम कमर्सियल बैंकबाट पाइन्छ। सो बैंकले पुस महिनामा अधिकतममा ४.२५ प्रतिशत ब्याज दिनेछ।

संस्थागत मुद्दतिको ब्याजदर पनि घट्यो

व्यक्तिगत मुद्दतिको ब्याजदरसँगै वाणिज्य बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटेको छ। मंसिर महिनाको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ। पुस महिनाका लागि ५ वाणिज्य बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी १५ बैंकले भने मंसिर महिनाकै दरलाई निरन्तरता दिएका छन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।