राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै विद्युतीय कारोबार धेरै हुने महानगर क्षेत्रका शाखाहरु समायोजन तथा एकीकरण गर्न केन्द्रीय बैंकको स्वीकृति नचाहिने उल्लेख गरेको हो ।त्यस्तै सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा समेत उक्त संस्थाको लिखित सहमतिमा शाखा समायोजन गर्न सकिने छ ।
शाखा एकीकरण वा सामायोजन गर्दा सेवाग्राहीको जानकारीको लागि कम्तिमा ९० दिनको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेवसाइट र उक्त शाखाको सूचना पाटीमा समेत प्रकाशित गर्नुपर्ने निर्देशनमा उल्लेख छ । दुई भन्दा बढी शाखाहरु समायोजन हुने अवस्थामा शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा सेवा बन्द गर्न चाहेमा कुनै प्रकारको शुल्क नलिई कर्जा चुक्ता वा स्थगन गर्न दिनुपर्ने व्यवस्था गरिएको उक्त निर्देशनमा उल्लेख छ ।