हालै भारतमा सार्वजनिक भएको यो एसयूभी विभिन्न पाँचवटा ट्रिमहरुमा उपलव्ध रहेका छन् । जसमध्ये स्टाइल,सेलेक्ट प्रो, स्मार्ट प्रो, शार्प प्रो र स्याभी प्रो हुन् । जसको मूल्य ११ लाख ९९ हजारदेखि १८ लाख ९९ हजार भारतीय रुपैयाँमा इन्डियाका कम्पनीका शोरुमहरुमा बिक्रीका लागि राखिएको छ ।

नयाँ आएको एमजी हेक्टर प्लस ७ सिटर संस्करणहरु तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा शार्प प्रो एमटी, शार्प प्रो सिभिटी र स्याभी प्रो सिभिटी हुन । जसको मूल्य क्रमशः १७ लाख २९ हजार, १८ लाख ५९ हजार र १९ लाख ४९ हजार भारतीय रुपैयाँ छ ।
कस्तो छ डिजाइन र फिचर
एमजी हेक्टर एसयूभीको अगाडीको फेसियालाई नयाँ डिजाइन गरिएको ग्रीलको साथ परिमार्जित छ । जसमा हिरा आकारको ढाँचा, अपडेट गरिएको एयर ड्याम र थोरै परिवर्तन गरिएको बम्पर समावेश छ । यसमा १८ इन्चको एलोय ह्रीलहरु, रियर बम्पर, टेलल्याम्पहरु समावेश छन् ।
एमजी हेक्टर ६ र ७ सीटर भेरियन्टहरुको साथ डुअल टोन अर्बन ट्यान समावेश छन् । यसमा सबैभन्दा ठूलो १४ इन्च प्रोर्टेट शैली टचस्क्रीन इन्फोटेक प्रणाली समावेश छ ।