त्यसको अर्थ आज राती यदि ८ बजे देखि मतदान शुरु भए भोलि दिउँसो १ बजे बल्ल मतदान सकिनेछ । त्यसपछि मतगणना भएर अन्तिम परिणाम भोलि राती बल्ल आउने भएको छ ।
महाधिवेशनमा विद्युतिय मतदान हुने भएको छ । त्यसको लागि ८० वटा मेसिन फिट गरिएको छ । त्यतिगर्दा पनि उम्मेद्वारको संख्या धेरै भएकोले एक जना मतदातालाई मतदानको लागि ३० देखि ४० मिनेटसम्म लाग्ने पार्टीको निर्वाचन आयोगले जानकारी दिएको छ ।
स्मरण रहोस् एमाले महाधिवेशनका २२६३ प्रतिनिधि रहेका छन् ।