अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दुत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरले आईतवार र सोमवार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तथा युरोपेली नेताहरूसँग शान्ति सम्झौताबारे छलफल गरेका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बर्लिन वार्तालाई पहिलो मस्यौदा भनेका छन् ।
वार्तामा सुरक्षा ग्यारेन्टी नाटोको धारा ५ जस्तै हुने तर अमेरिकी सेना युक्रेनमा नखटाइने बताइएको छ । युरोपेली नेताहरूले पनि बलियो सुरक्षा ग्यारेन्टी दिन प्रतिवद्धता जनाएका छन् । तर रुसले यस्तो प्रस्ताव स्वीकार गर्ने निश्चित छैन । रुस यो वार्तामा सहभागी भएको छैन ।