सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Dec 19, 2025 11:45 AM Merolagani



पुस ४ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

यस दिन सुन प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा काराेबार भएको छ । बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै यस दिन चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ घटेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद बिक्री भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।