बंगलादेशः गत वर्षको आन्दोलनका प्रमुख नेता हादीको गोली हानी हत्या

Dec 19, 2025 11:57 AM merolagani



गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब मञ्चका प्रवक्ता शरिफ उस्मान हादीको गाली हानी हत्या भएकाे छ । उनकाे सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको हाे ।

टाउकामा गोली लागेर गम्भीर घाइते भएका हादी ६ दिनसम्म जीवन–मृत्युसँग संघर्षरत थिए । उनको मृत्युपछि देशभर शोक, आक्रोश र विरोध प्रदर्शन सुरु भएका छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै दोषीहरूलाई चाँडै पक्राउ गर्ने वाचा गरेका छन् ।

उस्मान हादीमाथि गत हप्ता अज्ञात आक्रमणकारीहरूले टाउकामा गोली हानेका थिए । अवस्था गम्भीर भएपछि उनलाई सिंगापुरको अस्पतालमा भर्ना गरिएको थियो ।

हादी जुलाई आन्दोलनका अग्रपंक्तिका नेता मानिन्थे । अहिलेको राजनीतिमा उनको भूमिका निकै महत्वपूर्ण थियो । उनको मृत्युलाई आन्दोलनमाथिको आक्रमणका रूपमा हेरिएको छ ।