होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवा कार्यक्रम रोक्न भनिएको दी गार्डियन अनलाइनमा संस्करणमा उल्लेख छ।
ब्राउन युनिभर्सिटी र एमआईटी गोलीकाण्डका आरोपितलाई अमेरिका आउन अनुमति दिएको र यस्तो हिंस्रक व्यक्तिलाई अमेरिकामा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो भनी सचिव नोमले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेकी छिन् ।
गत महिना ट्रम्प प्रशासनले सन् २०२७ को चक्रका लागि डिभी लटरी प्रवेश प्रक्रिया परिमार्जन गर्ने योजना बनाएको घोषणा गरेको थियो । ती प्रस्तावित परिवर्तनहरूको विवरण अझै सार्वजनिक गरिएको छैन ।