बजार तलमाथि भइरहन्छ । यो बजारको माहोल अनुसार लगानी गर्नेहरुले धेरथोर आम्दानी गरेका छन् ।
बजारमा नीतिगत सुधार भएका छन् । बैंकको ब्याजदर घट्दो छ । तरलता प्रयाप्त छ । अबको बजारले अगार्निक बुल निर्धारण गर्नेछ । शेयर बजार बुल चरणमा नै रहेको लगानीकर्ता रामकृष्ण खायामलीले बताए । तीनै खायामलीसँग सुधा देवकोटाले गरेको कुराकानीः
बजार घट्ने क्रमले निरन्तरता पाएकाे छ । विगत लामो समयदेखि बजार साईडवयजमा छ । यो बजारलाई कसरी हेर्नु भएको छ ?
अहिलेको साईडवयज बजार हो । विगतमा पनि १८ सयदेखि २२ सयको विन्दुमा लामो अवधिसम्म साईडवयज बसेको थियो । अहिले पनि बजार २४ सयदेखि २७ सय विन्दुकाे साईडवयज भएर बसेको छ । यो विन्दुमा आईपुग्दा करिव दुई वर्ष भइसकेको छ । हाम्रो अहिलेको बजार बियरिस जोनबाट बुलमा नै छौं ।
तपाईले बुलिस भन्नुहुन्छ । लगानीकर्ता बुलिस महसुस गरेका छैनन । यो बजारलाई तपाईले बुल कसरी देख्नु भएको छ ?
दोस्रो बजारमा सबै भन्दा गाह्रो साईडवयज नै हो । यो विन्दुमा लगानीकर्तालाई धेरै अत्याएको हुन्छ । यस्तो बेला धेरै दुविधा हुन्छ । किनभने यसले धेरै समय दिएको हुन्छ । बजारले लिने समय पुरा नभएसम्म साईडवयजमै रहनेछ । शेयर बजारमा समय अनुसारको ट्रेड गर्न जान्नु पर्ने हुन्छ । बजार १८ सयको विन्दुबाट बढेर २६ सयमा छ । यो नै बुलको चरण हो । बजारले अझै माथिको विन्दुमा पुग्न अनुकुल परिस्थितीको पर्खाइमा छ । अहिलेकाे बजारमा चनाखो भएर लगानी गर्नेले कमाई गरेका छन । सूचक साईडवयजमा छ । तर स्क्रपटहरु चलेका छन् । त्यसलाई पहिचान गरेर लगानी गर्नुपर्छ । बुझेर लगानी गर्नेहरुको लागि बजार बुल नै हो ।

लगानीकर्ताले साईडवयज बजारमा कसरी लगानी गर्ने ?
बजार सुस्ताएको छ भनेर आराम गर्नु हुँदैन । बजार सुस्ताएको समयमा सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्नु पर्छ । कम्पनीको अध्ययन गरेर लगानी गर्नुपर्छ । यस्तो बेला खेलाडीहरुले चलाएका कम्पनीहरु मात्रै सकृय भएर चलेका हुन्छन् । त्यस्ता कम्पनीको पहिचान गर्न सकियो भने आम्दानी पनि गर्न सकिन्छ । होइन भने कम्पनीको अवस्था हेरेर आधारभुत र प्रविधिक अध्ययन गरेर गरिएको लगानीबाट बजार चल्न सुरु गरेदेखि नै आम्दानी गर्न सकिन्छ । साईडवयज बजारमा बजार सुस्त छ भनेर हेरेर बसेमा पछि पर्ने सम्भावना बढी हुन्छ ।
बजारमा लगानीकर्ताले सधै एकै धारमा रहेर लगानी गर्न भन्दा रणनीति परिवर्तन गर्नुपर्ने हुन्छ । बजारमा प्रविधीको कस्तो विकास, स्मार्ट मनि र आधारभूत प्राविधिक अध्ययन गरेर लगानीको रणनीतिहरु बनाउन सक्नु पर्छ ।
यो साईडवयज बजारमा कस्ता स्क्रपट चलेका छन ?
यो बजारमा हरेक समय उस्तै प्रकारका कम्पनीहरु चलेका हुँदैनन । हामीले १८ सयदेखि २२ सयको विन्दुमा बजारमा अल्ट्रा लो क्याप कम्पनीहरु चलेका थिए । त्यसपछि बजारमा थाेरै बढी मिड क्याप कम्पनीहरु चल्न सुरु गर्यो । सो समयमा बजारले एक खालको उचाई बनाएको हो । बजार ३ हजारको विन्दुबाट घटेपछि थोरै फरक खालका कम्पनीमा लगानीकर्ताको आकर्षण रह्यो । जस्तो लगानी समूह, अन्य समूहका कम्पनीहरु लगानीकर्ताले धेरै रुचाएको देखिन्छ । अहिले पछिल्लो समय भर्खर बजारमा प्रवेश गरेका कम्पनीहरु चलेका छन् । समय परिवर्तनशिल छ । समय अनुसारको रणनीति लिन सक्नु पर्छ । सधैभरी एकै किसिमको कम्पनी चल्दैनन् । समय अनुसार लगानीको रणनीति परिवर्तन गर्नु पर्ने हुन्छ । बजारले कुन समयमा कस्तो प्रतिकृया दिनेछ भन्ने एकिन गर्न सकिदैन ।
लगानीकर्ताले स्मार्ट मनि र आधारभूत प्राविधिक अध्ययन गर्नुपर्छ । हामीले सामाजिक सञ्जालमा आएका कुराहरुलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्ने । आफ्नाे स्वअध्ययनले खोजेर बुझेका स्क्रपटले राम्रो लाभ दिन सक्छ ।
बजारमा धैर्य गर्ने लगानीकर्ता पर्खेको पर्खेयी भए । बजार प्रतिको धैर्यता टिकाउन के गर्ने ?
दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरु सधै अशावादी हुनुपर्छ । हामीले विगतमा भएको जस्तो बुलको खोजिमा छौं । तर अबको बुल अगार्निक बुल हुनेछ । यस्तो बुल कसैले देखेको पनि छैन । अनुभव गरेको पनि छैन । विगतमा मैले एआईले बुल ल्याउने कुरा गरेको थिए । पछिल्लो समय धेरै लगानीकर्ताहरु एआईमा अभ्यस्त भइसकेका छन् । केही ब्रोकरहरुले चार्टबाट बाई सेलको अर्डर राख्न मिल्ने व्यवस्था मिलाएका छन् ।
विगतको बजारमा कम्पनीको प्रगति र बजारमा हुने गरेको तरलताको उचारचढाबले बजार प्रभाव पारेको हुने थियो । तर यस पटक बजारमा त्यस्तो भएको छैन । बैंकको ब्याजदर घटेको छ । पैसा जतिपनि छ । नीतिको सुधार भएको छ । बजारमा आउने कुरालाई लिएर धेरै लगानीकर्ताले आ-आफ्नै आंकलन गरेको पाइन्छ । जस्तो भुईचालो गयो । बजार बढ्यो । लकडाउन भयो बजार बढ्यो । अहिले जेनजीको आन्दोलन पछि बजार बढ्ने अनुमान गरिएको थियो । तर बजारले अपेक्षित गति लिएन । त्यसैले अब आउने बुल अगार्निक हुनेछ ।
अगार्निक बुल भनेको बजार प्रकृतिक लयमा नै बढेको हुन्छ । विगतमा हुने गरेको बुल अत्यान्त द्रुत थियो । तर अगार्निक बुल विस्तारै बढ्छ । लामो समयसम्म टिक्ने हुन्छ । यस्तो बुललाई सानो तिनो कुराले असर पारेको हुँदैन । विगतको जस्तो बुल एण्ड वियरको चक्रमा चल्ने छैन । आफ्नो लयमा बढेको बजार दीगो हुन्छ । त्यस्तै अनुकुलता समाउन बजारले समय लिएको छ । अबको बुल ६ वर्षको हुन सक्छ । दुई बर्ष भइसकेको छ । मुलुकको आर्थिक अवस्थाले सर्पोट गरे बजार दरिलो भएर बढ्ने छ । बुलकाे अवधि बढी हुन्छ र बियरको समय छोटो हुने दिन आउने छ ।
सूचक केही अंक बढ्न पाएको छैन । नाफा बुक गर्न हतारिएको पाइन्छ । के अहिलेका लगानीकर्तालाई नाफा धेरै नचाहिने भएको हो ?
शेयर बजार धेरै निर्मम छ । थाेरै आशा देखाउँछ । झन ठूलो निरासा बनाएको हुन्छ । हामी सोही चक्रमा छौं । पूँजी बजारमा सबै कमाउनका लागि नै आएको हो । सबैको आ-आफ्नै रणनीति हुन्छन् । ठूला लगानीकर्ताले बजारमा कमाएका हुन्छन् । सानो पूँजीमा कारोबार गर्नेहरुलाई कमाउन गाह्रो छ । यस्तो बेला आफू धेरै चलाख भएर कारोबार गर्नुपर्यो ।
बजार परिवर्तनशिल छ । त्यसलाई आत्मसाथ गर्नुपर्छ । अहिलेको बजारमा ट्रेडरहरु हाबी भएका छन । आफू पनि सोही किसिमको कारोबारमा सकृय हुनु पर्यो । अहिलेका लगानीकर्तामा धैर्यता कम छ । विगतमा कम्पनीले वितरण गर्ने लाभांश पर्खने । त्यसलाई खाएर सो भन्दा बढी मूल्यमा शेयर बिक्री गर्न पर्खने चलन थियो । तर अहिले लगानीकर्ताहरु प्रतिफल भन्दा पनि पूँजीगत लाभलाई जोड दिदा छिटो नाफा बुक गर्ने परिपाटी बनेको हो ।