भ्रामक सूचना दिएर हाइड्रोपावरको सेयर मूल्य बढाएर लाभ लिएको तथा कृत्रिम रूपमा बढाएको आरोपमा पक्राउ गरिएको हाे ।
झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरिएको हो ।
बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए । त्यसबापत उनले ४९ लाख १९ लाख लाभ लिएको प्रहरीले जनाएको छ । उनीमाथि धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ ।