लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।