घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने बढ्यो

Dec 21, 2025 11:21 AM merolagani



आइतबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । 

गत शुक्रबार २ लाख ५८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतबार आइपुग्दा एक सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ । गत शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको हो ।