
विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका रायमाझीलाई पार्टीभित्र सक्षम, अनुशासित तथा वैचारिक रूपमा सशक्त युवा नेताको रूपमा लिइन्छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनले संगठन विस्तार, युवाको राजनीतिक सशक्तीकरण र वैचारिक प्रशिक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
समानुपातिकतर्फ उनी खस–आर्य समूहबाट सिफारिस भएका हुन्। बैठकले उनीसँगै अन्य नेतालाई पनि प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ।
साथै, रायमाझी आर्थिक विश्लेषक पनि हुन्। आर्थिक तथा वित्तीय क्षेत्रमा उनको अनुभवले पार्टीको नीति र कार्यक्रमलाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।