७६ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन हुँदा सबैभन्दा बढी नेपाल लाइफ एक्लैले २१ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । यो कुल बीमा शुल्कको २७.७९ प्रतिशत हो। नेपाल लाइफपछि दोस्रो धेरै बीमा शुल्क संकलन गर्नेमा भने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेसनलले ५ महिनामा ९ अर्ब २७ करोड २ लाख रुपैयाँ शुल्क संकलन गरेकाे छ । जुन कुल बीमा शुल्कको १२.०५ प्रतिशत हो । तेस्रोमा भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) रहेको छ। एलआईसीले नेपालले कुल बीमा शुल्क संकलनको १०.६४ प्रतिशत हिस्सा ओगेटेको छ । कुल बीमा शुल्क संकलनमा हिमालयन लाइफले ९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले ७.२५ प्रतिशत, सूर्यज्योति इन्स्योरेन्सले ५.८२ प्रतिशत हिस्सा ओगेटेको छ ।
एशियन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, आईएमई लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफ लाइफको हिस्सा ५ प्रतिशत भन्दा कम छ ।
नवीकरण शुल्क संकलनमा पनि नेपाल लाइफ नै अगाडि रहेको छ । । नवीकरणीय शुल्क संकलनमा नेपाल लाइफपछि एलआईसी नेपाल, नेसनल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स रहेको छ । नवीकरण शुल्क संकलनमा क्रमशः सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, आईमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ र सबैभन्दा अन्त्यमा सन नेपाल लाइफ रहेको छ ।
प्रथम बीमा शुल्क संकलनमा पनि नेपाल लाइफ नै अगाडि रहेको छ । नेपाल लाइफपछि क्रमशः नेसनल लाइफ, एलआईसी नेपाल, सूर्यज्योति लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स अगाडि रहेका छन्। सबैभन्दा कम प्रथम बीमा शुल्क संकलनमा पनि सन नेपाल लाइफ नै परेको छ ।
सक्रिय बीमा लेख संख्यामा भने रिलायवल नेपाल लाइफ अगाडि रहेको छ । रिलायवलसँग चालु आवको मंसीर मसान्तसम्म २४ लाख २९ हजार ३३७ वटा सक्रिय बीमा लेख रहेको छ जुन नेपाल लाइफभन्दा बढी हो । नेपाल लाइफसँग भने मंसीर महिनाको अन्तिम सम्ममा १७ लाख ९० हजार ८५ वटा सक्रिय बीमा लेख रहेको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्ससँग १३ लाख ४५ हजार ७८८ वटा सक्रिय बीमा लेख रहेको छ । सिटिजन लाइफ, मेट लाइफ, एलआईसी नेपाल, सूर्यज्योति लाइफ, एसियन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, र आईएमई लाइफको सक्रिय बीमा लेख संख्या ५ देखि १० लाखको बीचमा रहेको छ ।
सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफको सक्रिय बीमा लेख संख्या भने ५ लाख भन्दा कम रहेको छ ।
लघु बीमामा क्रेष्ट माइक्रो लाइफ अगाडि
तीन वटा लघु जीवन बीमा कम्पनीमा सबैभन्दा धेरे क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ संकलन गरेका छन् । त्यसपछि गार्डियन माइक्रोले १४ करोड ७२ लाख रुपैयाँ र सबैभन्दा कम लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १२ करोड १३ लाख रुपैयाँ संकलन गरेकाे छ ।
सक्रिय बीमा लेख भने गार्डियन माइक्रो लाइफको सबैभन्दा बढी १३ लाख ८१ हजार १८७ वटा रहेको छ भने क्रेष्ट माइक्रोसँग ५ लाख २७ हजार १०२ वटा र लिबर्टी माइक्रो लाइफसँग २ लाख ९९ हजार ७४० वटा सक्रिय बीमालेख रहेको छ ।