प्रतिरोध परीक्षणमा
यस साता कम्पनीको शेयरमूल्यले प्रतिरोध परीक्षण गरेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ४६५ देखि ४९० सम्म रहेको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र परीक्षण गरी सोभन्दा तल बन्द भएको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ५४० देखि ५६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी झर्ने क्रमलाई निरन्तरता दिएमा भने ४०० देखि ४२० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
बिक्रीकर्ता हाबी
साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लामो टुप्पी भएको रातो मैनबत्ती बनाएको छ। त्यस्तै, यस साता अन्तिम दुई कारोबार दिन कम्पनीको शेयरमूल्यले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले गत साता र ती दिनहरुमा कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ७ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ६ वटा सिग्नल सफल भएका थिए भने १ सिग्नलमा स्टप लस गर्नु परेको थियो। पछिल्लो समय मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै बाइ सिग्नल दिएको छैन।

बलियो भोल्यूम
यस साता कम्पनीको शेयरमूल्य घटेपनि भोल्यूम भने बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको २ लाख २२ हजार ८९३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ८७ हजार ३२६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम १८.९८ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताको अन्तिम कारोबारा दिन एमएसिडी रेखा र सिग्नल रेखाको दूरी घटेको छ। त्यस्तै, हिस्टोग्रामको उचाई पनि घटेको छ। आगामी दिनमा कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ र त्यसले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ।

बिक्रीचाप बढी
साताको अन्त्यतिर कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले कम्पनीको शेयरमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ लाख ७९ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी घटेपनि ब्याज खर्च घटेका कारण कम्पनीको खुद नाफा समीक्षा अवधिमा सामान्य बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ करोड ७९ लाख रुपैयाँबाट घटेर २ करोड ७७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन आम्दानी २ करोड ३३ लाख रुपैयाँबाट २ करोड २५ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च १३ लाख २० हजार रुपैयाँबाट घटेर ३ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ। जसका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो।
७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ करोड १२ लाख रुपैयाँ सञ्चित छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८४ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ५९.२६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ४.४९ गुणा रहेको छ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा कम्पनीको ७५ लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४६५ रुपैयाँ ७४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ५५४ रुपैयाँ ७० पैसा रहेको छ भने न्यून मूल्य २९० रुपैयाँ रहेको छ।

ब्रोकर ६४ बाट सर्वाधिक खरिदबिक्री
यस साता ब्रोकर नम्बर ६४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ८८ हजार २४३ कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर १७ ले साढे ४५ हजारभन्दा बढी र ५८ ले कम्पनीको करिब साढे ४२ हजार कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ६४ ले नै कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १ लाख ४१ हजार ९७४ कित्ता शेयर बिक्री गरेको हो।

न्यूट्रल जोनमा
यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)