यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स २.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा १४ अर्ब ७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब १ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३५.९८ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २९.३९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २९.३९ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ४७ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत बढेको छ। गत साता ७५२२.३६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६४.८३ अंक बढेर ७६८७.१९ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको छ।
यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ। गत साता २५६२.१३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २६.३१ अंक घटेर २५३५.८२ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ४२.९९ अंक घटेको छ। गत साता ४९८०.०४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.८६ प्रतिशत घटेर ४९३७.०५ विन्दुमा झरेको छ।

यस साता दुई कम्पनीको कुल ४५ लाख १० हजार ८१०.४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ३४.३६ प्रतिशत बढेको छ। गत साता ८०२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता १ हजार ७८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता नारायणी डेभलपमेन्ट बैंक र सुपर माई हाइड्रोपावरको शेयरमूल्य करिब साढे १३ प्रतिशत बढेको छ भने आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ। यस साता कालिका पावरको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ८ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मेगा म्युचुअल फण्ड १, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कालिञ्चोक दर्शन लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मिथिला लघुवित्त वित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलोपर्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

